काठमाडौं । सामाजिक सञ्जालमा केही दिनअघि नेपालको राष्ट्रिय जनावर गाई र गोरुको मासु खाएको भन्दै भिडिओ पोस्ट गर्नेहरुमाथिको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्याएको छ । उक्त घटनामा संलग्नहरूमाथि मुद्दा दायर गर्ने तयारी भइरहेको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।
यस्तै नेपालको कानूनले गौहत्यालाई निषेध गरेको छ । गाइगोरु काट्नेहरूमाथि ३ वर्षसम्मको जेल सजायको व्यवस्था छ ।
यसैगरी गाइगोरु काटेर पक्राउ परेका दुई व्यक्ति रिहाइ भएको उपलक्ष्यमा भन्दै धरानमा भोज गरिएको थियो । उक्त भोजको भिडिओ युट्युबमा अपलोड गरेर उक्त भोजको भिडिओ युट्युबमा अपलोड भएपछि विवाद उब्जिएको हो ।
सुनसरीका पत्रकार महासंघका अध्यक्षसमेत रहेका अभियन्ता जनकऋषी राईसमेतको संलग्नतामा गाइगोरु काटेर खाएको भन्दै सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरिएको थियो । भिडिओमा देखिएका अन्य व्यक्तिहरू परिचित होइनन् ।
प्रजिअ अधिकारीले धरौटीमा छुटेका दुई जनालाई अदालतमा मुद्दा दायर गर्न लागिएको बताइन् ।
‘धरौटीमा छुटेकाहरूमाथि मुद्दा दायर हुँदैछ । त्यसपछि भएको घटनामा संलग्नहरूमाथि अनुसन्धान भइरहेको छ,’ उनले भनिन् ।
भिडियोमा देखिएकाहरू गाई गोरुको मासु नै खाएका हुन् वा यत्तिकै प्रपोगण्डा गरेका हुन् भन्ने अनुसन्धान गर्न केही समय लागेको बताइन् ।
‘घटनाको वास्तविकता पत्ता लगाउन अलिकति समय लागेको हो, अब छिट्टै पक्राउ पूर्जी जारी गरेर मुद्दा दायर गरिनेछ,’ उनले भने ।
भिडियो हाल्ने, सेयर गर्ने तथा सामाजिक सञ्जालबाट आपत्तिजनक टिप्पणी गर्नेहरु पनि छानबिनमा तानिने उनले बताइन् ।
‘मूल भिडिओ कसले खिचेको हो, त्यो पत्ता लगाउनुपर्यो । साँच्चै गोरुको मासु खाएका हुन् कि होइनन्, खाएका हुन् भने कहाँबाट ल्याए सबै बुझ्नुपर्ने हुन्छ । यसले गर्दा अलिकति ढिलाइ भएको हो । अब मुद्दा दायर गर्ने अवस्थामा पुगेका छौँ,’ उनले भनिन् ।
कति जनाविरुद्ध मुद्दा दायर हुँदैछ भन्ने उनले जानकारी दिन चाहिनन् । गोपनीयताका कारण को र कति जना यसमा संलग्न छन् भन्ने सार्वजनिक गर्न नमिल्ने पाण्डेको भनाइ छ ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend