Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वर्गीय अभिनेता सारुकका पिता सानु ताम्राकारको उपचारको क्रममा निधन


    शनिबार, भाद्र ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । केही समयअघि छोरा गुमाएका वरिष्ठ कलाकार सानु ताम्राकारको आज उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको आज शनिबार करिब ३ बजे निधन भएको हो ।

    गत असारमा छोरा सारुक घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनी साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए । निरौलाका अनुसार आईसीयूमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो ।

    अध्यक्ष निरौलाले ताम्राकारको भोलि अन्त्येष्टि गर्ने तयारी गरिएको बताएका छन् । थुप्रै चलचित्र तथा सिरियलमा अभिनय गरेका ताम्राकारले तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए ।

    ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका फिल्ममा काम गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार