Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विपीन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘महाजात्रा’ चैत ९ मा रिलिज हुने


    शनिबार, भाद्र ९ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली चलचित्र ‘महाजात्रा’ आगामी चैत ९ गते प्रदर्शन हुने भएको छ । निर्माण पक्षले आज सिनेमाको रिलिज डेट घोषणा गरेको हो ।

    प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा विपीन कार्की रहने छन् । विपीनसँगै रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकारको अभिनय रहने छ ।

    कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ रहेको चलचित्रमा दीपेश खत्री (म्याक्स) र यज्ञेश्वर पौडेल निर्माता रहनेछन् ।

    ‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि निर्माण पक्षले ‘महाजात्रा’ निर्माण गर्न लागेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार