Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • यसरी मनाइयो पाटनमा यल पञ्चदान (तस्बिरहरू)


    बिहिबार, भाद्र ७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • ललितपुर । ललितपुर पाटनका बुद्धहरू आफ्नो बिहारबाट निस्किएका छन् । यल पञ्चदान भनिने यो पर्वमा बौद्ध धर्मावलम्वीहरूले दीपंकर बुद्धका पाँच मूर्तिहरूलाई आजबाट निकाल्ने र नगर परिक्रमा गराउने गरिन्छ ।

    यसदिन पाटनमा मनाउने बाहेक भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौँ लगायत भक्तपुर, ठिमी, बनेपा, पनौती, र कीर्तिपुर आदि ठाउँहरूमा यो पर्व मनाइन्छ । यस पर्वले बौद्ध दर्शनमा अत्यन्त पवित्र मानिएको दानको महत्त्व दर्साएको छ। बौद्धमार्गीहरूले आर्जन गरेको धन वा आयको केही अंश दानका लागि राख्ने र आजको पर्वमा दान गर्ने प्रचलन रहँदै आएको छ । यसरी आजको दिन दिपंकर बुद्धले पाटनमा दान लिएको सम्झनामा यो पर्व मनाउने चलन चलेको भनिन्छ।

    यस पर्वमा बौद्ध मार्गी नेवारहरूले पञ्चदानको महिमा मनन गर्दै दिपंकर बुद्धको भव्य पूजा गर्ने गर्छन्। सामान्य अर्थमा पञ्चदानको अर्थ पाँच वस्तुको दान हुने भएता पनि त्यसो नभई नेपाल भाषामा पञ्जरा भनिने पञ्च दानको अर्थ ‘पुण्य दान’ हुने गर्छ । नेपाल भाषा अनुसार पञ्जराको अर्थ खीर हुने भएकाले आजको दिन नेवार समुदायले खीर पकाई बुद्धलाई चढाउने चलन समेत रहेको छ ।

    यही महिनामा सम्पूर्ण नेपालीहरू माझ असारको धान रोपाई सकिएपछि साउन १५ को दिन खीर खाने चलन रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार