काठमाडौँ । चर्चित अभिनेता तथा निर्देशक दीपक राज गिरीले दीपाश्री निरौलालाई जन्मदिनको शुभकामना दिँदै उनले सामाजिक सञ्जालमा दीपाश्री आफ्नो जीवनको उत्कृष्ट साथी भएका बताएका छन् ।
उनले कविता पोस्ट गर्दै दीपाश्रीलाई तीन दशकअघि पहिलो पटक भेट्दाको अनुभव पनि साझा गरेका छन् । सुरुमा दीपा आफूलाई घमन्डी लागेको तर उनलाई बुझ्दै जाँदा निकै फरक पाएको बताएका छन् । यसका साथै, आफूलाई चोट लाग्दा दीपालाई दुख्ने पनि बताएका छन् ।
यस्तो छ दीपकराजको पोस्ट :-
यो केटी त कस्ती घमन्डी ! मैँ हूँ भन्छे !!
बोल्ने त परै जाओस् हेर्दा पनि हेर्दिन !
आज भन्दा करिब ३ दशक अघि तिमि सँगको पहिलो भेट , मलाइ आज पनि याद छ …
जसरी हामी किताबको कभर हेरेकै भरमा
पूरै विषय अनुमान गर्छौ … ठिक त्यस्तै
तिमि प्रतिको धारणा पनि तुरुन्तै बनाएको थिए मैले !
तर मलाइ थाहा थिएन यो त्यही केटी हो
जो अरूको पीडालाई आफ्नो सम्झेर समय बिताउछे!
जिन्दगीको खेलमा आफू हार्छे
तर अरूलाई जीताउछे !!
म प्रतिको तिम्रो योगदानलाई त
सिर्फ एक शब्दमा बुनेको छु ,
चोट मलाइ लाग्दा ,तिमीले ऐआ भनेको सुनेको छु !
कमजोरी पनि भनिदिन्छू ….
यहाँ हरेकको हातमा क्यालकुलेटर छ
कहाँ फाइदा , कहाँ बेफाइदा ,
कहाँ जोर छ, कहाँ बिजोर छ
दिमागै दिमागको शहरमा तिमि ,मनको कुरा गर्छो ,
त्यसैले तिम्रो हिसाब कमजोर छ ….
मेरो जिन्दगीको उत्कृष्ट साथीलाई जन्मदिनको लाखौँ करोडौँ र अरबौँ शुभकामना……
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend