Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु, ८ घाइते


    बुधबार, भाद्र ६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा उनीहरुको मृत्यु भएको हो ।

    दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। प्रहरीका अनुसार घटनास्थलबाट १६ जनाको उद्धार गरिएको छ । जसमध्ये ८ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

    काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार