काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन्
सत्ता गठबन्धन दलको बैठकले आजै मुख्यमन्त्री थापाले विश्वासको मत लिने निर्णय गरेपछि उक्त विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकको अध्यक्षता सत्तारुढ नेपाली कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीले गर्ने भएका छन् । उपसभामुख सृजना दनुवार काठमाडौं जाने भएपछि उनले ज्येष्ठ सदस्यका रुपमा मन्सुरीले नै बैठक सञ्चालन गर्ने तोकेकी थिइन् ।
सत्तारुढ गठबन्धनले भने मन्सुरीले बैठकको अध्यक्षता गरे पनि उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य भीम पराजुलीले मन्सुरीले मतदान गर्ने र मुख्यमन्त्री थापाले विश्वासको मत पाउने बताए ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले पनि प्रदेशसभामा सत्ता गठबन्धनसँग ४७ मत रहेको र आइतबार सबै मत मुख्यमन्त्रीको पक्षमा खस्ने बताए ।
९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रमाणित गर्न ४७ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ । तर एमालेबाट निर्वाचित उपसभामुख सृजना दनुवार काठमाडौं जाने भएपछि प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यको रुपमा सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले गर्नुपर्ने भएको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend