Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको उपाधि राई र कार्कीले जिते, एक/एक करोड पुरस्कार


    आइतबार, भाद्र ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि सिक्किमका प्रितम राईले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि थाइल्याण्डकी खुसी कार्कीले जितेकी छिन्

    इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हिजो शनिबार ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय उक्त रियालिटी शो को उपाधि उनीहरुले जितेका हुन् । उनीहरुले नगद एक/एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

    यसैगरी प्रतियोगितामा साईरान खाती फोर्थ रनअप, परेश राई थर्ड रनरअप, सरद हुमागाइँ सेकेण्ड रनरअप र शिशिर थताल, फस्ट रनरअप भए । उनीहरुले पनि नगद पुरस्कार पाएका छन् ।

    यो नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शो हो । फाउन्डेशनले विश्वभर छरिएर रहेका नेपाली भाषीलाई समेटेर रियालिटी शो आयोजना गरेको हो ।

    कार्यक्रममा सभामुख देवराज घिमिरेलगायत नेपाल सरकारका मन्त्री एवं उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार