Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पहिलो हप्तामै फिल्म गदर-२ ले कमायाे ३ सय करोड


    शनिबार, भाद्र २ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। भारतीय कलाकार सनी देओलको फिल्म गदर-२ को पहिलो हप्ताको कमाइको आँकडा सार्वजनिक भएको छ।

    उक्त फिल्म समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमा गदर-२ ले ३०५ करोड कमाएको बताएका छन्।

    अभिनेता देओल अभिनित यस गदर-२ फिल्म ११ अगस्टमा रिलिज भएको थियो। यो फिल्मसँगै अक्षय कुमारको ओएमजी-२ पनि थिएटरमा रिलिज भएको थियो ।

    गदर-२ ले भारतीय सिनेमाको इतिहासमा पनि नयाँ कीर्तिमान बनाएको छ। अगस्ट १५ मा कुनै पनि भारतीय फिल्मले ५५ करोड कमाउन सकेका छैनन्। तर गदर-२ ले यो उपलब्धि स्वतन्त्रा दिवसका दिन प्राप्त गरेकाे छ।

    मल्टिप्लेक्सबाहेक गदर-२ फिल्मले सिंगल स्क्रिन थिएटरमा पनि राम्रो कमाइ गरिरहेको छ ।

    तरण आदर्शले लामो समयपछि सिंगल स्क्रिन थिएटरमा फिल्मले यति धेरै कमाइ गरेको बताउँछन्। गदर- २ सन् २००१ मा रिलिज भएको गदरको सिक्वेल हाे।

    गदर-२ का निर्देशक अनिल शर्मा हुन् । फिल्ममा सनी देओलका अलावा अमिषा पटेल पनि छिन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार