Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तुलसीपुरबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा २६ जना घाइते


    शनिबार, भाद्र २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटना भएको छ। उक्त बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।

    दाङको तुलसीपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान सडकको दाहिने किनारातर्फ पल्टिएको हो ।

    बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान सबेश्वरी-३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार