Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा गुँला पर्वको रौनक (तस्वीरहरू)


    शनिबार, भाद्र २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व धुमधामका साथ चलिरहेको छ ।

    साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म चल्ने पर्व खास गरी नेपालमा बौद्धमार्गी र नेवार समुदायले मनाउने चलन छ ।

    नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ ।

    बौद्ध धर्मावलम्बीहरु बिहान सबेरै स्वयम्भू महाचैत्यलगायत आफ्नो नजिकको देवालयमा पुग्ने गर्दछन् ।

    पर्वको अवसरमा आज स्वयम्भूमा बाजागाजाका साथ भजनकीर्तनसहित परिक्रमा गरिएको छ ।

    यो वर्ष साउन ३२ गतेदेखि सुरु भएको गुला पर्व यही भदौ ३० गते समापन हुन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार