Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पूर्वमन्त्री खाँणमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु


    शुक्रबार, भाद्र १ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँणमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु गरेको छ । अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा बालकृष्ण र उनकी पत्नी मञ्जुलाई बोलाएर सम्पत्ति अनुसन्धान सम्बन्धी फारम भराएको हो ।

    नक्कली शरणार्थी प्रकरणमा ठगी, किर्ते, संगठित अपराध र राष्ट्रहित विरुद्धको कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंको आदेशपछि पूर्व गृहमन्त्री खाँण यतिबेला पुर्पक्ष थुनामा छन् । उनी लगायतले जिल्लाको आदेश बदर गरेर आफूहरुलाई सामान्य तारिखमा रिहा हुनुपर्ने माग राखी उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

    नक्कली शरणार्थी मामिलामा तत्कालीन खाँणमाथि भ्रष्टाचारको अभियोग आकर्षित हुने तीन प्रमाणहरु सरकारी वकिलको कार्यालयले ठगी र किर्तेको मुद्दा चलाउने क्रममा जिल्ला अदालतमा पेश गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार