Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा


    शुक्रबार, भाद्र १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुदूरपश्चिमको महत्त्वपूर्ण पर्व ओल्के मनाउन आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो ।

    साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ । ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ ।

    आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो मसिनो खानु, हात-खुट्टामा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।
    यो पर्वका दिन विवाहित छोरीलाई माइत बोलाएर सेल रोटी, माणा, निसौसे, डुब्कीलगायतका मिष्टान्न परिकार खुवाउने प्रचलन छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार