Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धुलिखेलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु


    बुधबार, साउन ३१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। धुलिखेल नगरपालिका वडा नम्बर–३ स्थित अरनिको राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा २ क २०१९ नम्बरको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा प्युठान जिल्लाको धर्मवती गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष २७ का सुरज गिरी रहेका छन् । गिरिको शव धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ । ट्रकसहित चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार