Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘गदर २’ ले तोड्यो केजीएफ-२ को कीर्तिमान, हालसम्म कति कमायो ?


    सोमबार, साउन २९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सनी देओलको हिन्दी हिट फिल्म ‘गदर’ को सिक्वेल थिएटरमा आयो यसले बक्स अफिसमा धमाका गर्ने निश्चित थियो। तर ‘गदर २’ ले यतिसम्म धमाका गर्न सक्छ भन्ने रिलिज हुनुअघि कसैले सोचेकै थिएन । यस फिल्मले बक्स अफिसमा अहिले धमाका मच्चाइरहेको छ।

    शुक्रबारबाट हलमा रिलिज भएको ‘गदर २’ ले ओपनिङ कलेक्सनबाटै फिल्मको ब्यापार ठूलो हुने देखाएको थियो । तर ‘गदर २’ ले तेस्रो दिन अर्थात आइतबार बक्स अफिसमा जे गरेको छ त्यसलाई अचम्मको, अकल्पनीय र अविश्वसनीय भन्नु उचित हुनेछ । शुक्रबार ४० करोड भारु बढीको ओपनिङ गरेको फिल्मले लगातार कमाइमा वृद्धि गरिरहेको छ ।

    यस्तै दोस्रो दिन ४३ करोडको कलेक्सन गरेसँगै फिल्मको दुई दिनमा कुल कलेक्सन ८३ करोड पुगेको थियो ।

    आइतबारको फिल्मको अग्रिम बुकिङ पहिलो दुई दिनको तुलनामा राम्रो रहँदा फेरि पनि कमाईमा राम्रो उछाल आउने पक्का थियो । तेस्रो दिन फिल्मको कमाई पनि बढ्यो तर यो बृद्धि यति बलियो छ कि यस्तो ठूला फिल्ममा पनि हुन सकेको छैन ।

    आइतबार सिनेमाघरमा यस्तो रमाइलो माहौल सिर्जना भयो कि धेरै थिएटरमा फिल्मका सबै शो हाउसफुल भए । दुई दिनमा तूफानी कमाइ गरेको फिल्म आइतबार सुनामी मोडमा आएको छ । ‘गदर २’ ले तेस्रो दिन ५१.७० करोड कमाएको ट्रेड रिपोर्टले देखाएको छ ।

    अहिलेसम्म बक्स अफिसमा एकै दिनमा ५० करोड वा सोभन्दा बढी कलेक्सन गर्ने ४ वटा हिन्दी फिल्म थिए – पठान, केजीएफ २, वार र ठग्स अफ हिन्दोस्तान। अब यो विशेष लिस्टमा ‘गदर २’ पनि सामेल भएको छ ।

    पहिलो आइतवार ५० करोडभन्दा बढी कमाउने दुई फिल्महरू थिए – पठान र केजीएफ २ (हिन्दी)। जहाँ शाहरुख खानको ‘पठान’ ले पहिलो आइतबार ६०.७५ करोड कमाएको थियो । जहाँ यशको बक्स अफिस ‘मोन्स्टर’ केजीएफ २ (हिन्दी) ले आइतबार ५०.३५ करोड कलेक्सन गरेको थियो ।

    गदर २ ले केजीएफ २ लाई उछिनेर पहिलो आइतबार सबैभन्दा धेरै कमाउने दोस्रो फिल्म बन्यो । बाहुबली २ आइतबार सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्मबाट अब चौथो बनेको छ । यसले पहिलो आइतवार ४६.५० करोड रुपैयाँ कमाएको थियो ।

    अब ‘गदर २’ आइतबार सबैभन्दा धेरै कमाउने दोस्रो हिन्दी फिल्म बनेको छ । यो कलेक्शनसँगै फिल्मले तीन दिनमा १३४ करोडभन्दा बढी कलेक्सन गरेको छ ।

    सन्नी देओलको तारा सिंह अवतार अझै पनि दर्शकमाझ निकै लोकप्रिय छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार