काठमाडौँ। हाम्रो शरीर स्वस्थ र तन्दुरुस्त राख्नका लागि पानी प्रशस्त मात्रामा पिउनुपर्छ । शरीरमा पानीको कमी हुँदा विभिन्न किसिमका समस्या देखा पर्न थाल्छ।
यसैगरी कम पानी पिउने व्यक्तिलाई मिर्गौलामा पत्थरीको समस्या पनि हुन सक्छ। प्रत्येक वर्ष आधा लाखभन्दा बढी मानिसले मिर्गौलाको पत्थरीको समस्या भोगिरहेका हुन्छन् । दशमध्ये एक व्यक्तिमा जीवनमा कुनै न कुनै समयमा मिर्गौलामा पत्थरी हुने विज्ञहरुको अनुमान छ । यो आम समस्या बन्नुको पछाडि अव्यस्थित जीवनशैली र खानपान नै मुख्य कारण हो ।
मिर्गौलाले रगतलाई सफा गर्ने क्रममा त्यसमा भएको अनावश्यक तत्वलाई हटाएर पिसाबको माध्यमबाट शरीर बाहिर फाल्छ । तर रगतमा शरीरलाई आवश्यक नपर्ने खनिज तत्वको मात्रा अत्यधिक बढ्छ र मिर्गौलाले ठीकसँग काम गर्न सक्दैन । ती अनावश्यक तत्व पिसाबबाट बाहिर जान सक्दैन र ढुंगा बनेर बस्छ । जसकारण मिर्गौलामा पत्थरी हुन्छ ।
पत्थरीका कारण
पानी कम पिउनु
पिसाबमा विभिन्न किसिममा खनिज तत्व हुन्छन् । पानी पिएपछि खनिज छानिंदै पिसाबबाट निस्किन्छ जब पिसाबमा पानीको मात्रा कम भई खनिजको मात्रा बढी थिग्रिन्छ । त्यसपछि त्यहाँ ढुंगाको विकार बन्छ । त्यसलाई मिर्गौलामा पत्थरी भएको मानिन्छ ।
जन्मजात समस्या
कसैमा जन्मजात रगतमा समस्या हुन्छ । जसले गर्दा पिसाबमा खनिज मात्रा बढी हुन्छ । जसले मिर्गौलामा पत्थरी बन्ने सम्भावना बढ्छ । यस्तोमा पानी धेरै पिएमा पनि ठीक हुँदैन ।
खानपान
पालुंगो साग, रातो मासु, गुलियो परिकार, गेडागुडी, काजु, बदाममा उच्च मात्रामा अक्जोलेट हुन्छ । अक्जोलेट भएका खानेकुरा अत्यधिक खाँदा त्यो पिसाबमा जम्मा भएर ढुंगाको रुप लिन्छ । त्यस्तै, क्याल्सियम, कार्बोहाइड्रेट, प्रोटिन, खनिज र बोसो भएको खानेकुरा शरीरलाई आवश्यक भन्दा बढी खाने तर फाइबरयुक्त खानेकुरा पटक्कै नखाने बानीले पनि मिर्गौलामा पत्थरी हुन सक्छ ।
युरिक एसिड
युरिक एसिड भएकाहरुलाई पनि मिर्गौलाको पत्थरी हुने सम्भावना बढी हुन्छ । युरिक एसिडको स्तर बढेमा पिसाबमा खनिज बढी हुन्छ, जसले मिर्गौलामा पत्थरी गराउँछ । त्यस्तै, अध्यधिक मोटोपन पनि मिर्गौला पत्थरीको लागि जिम्मेवार मानिन्छ ।
मदिराले पत्थरी जाने भ्रम
शरीरमा पत्थरी हुँदा मदिरा सेवन गरेमा जान्छ भन्ने गलत भ्रम रहेको पाइन्छ । जस्तोसुकै पेयले ढुंगा बगाउन सक्दैन । यसले तरल पदार्थ बढाइदिन्छ जसले गर्दा पिसाब लाग्ने मात्र हो । यसले ढुंगालाई झन् बढाउँछ ।
लक्षण
मिर्गौलामा बन्ने पत्थरी मूत्रबाहिनी नलीमा आएर अड्किन सक्छ । यस्तोमा कोखा दुख्ने र सो दुखाइ पछाडि पिठ्यूँमा सर्ने हुन सक्छ ।
पत्थरीको आकार सानो भएमा लक्षण नदेखिने र त्यो पिसाब गर्दा आफैं पनि जान सक्छ । यद्यपि, मध्यम तथा ठूलो साइजका पत्थरीले सामान्यतया दुःख दिन्छ ।
कसैलाई सहन नसक्ने गरी कोखा दुखेर पिसाब नै बन्द हुन सक्ने समस्या देखिन सक्छ । पत्थरी कुन भागमा छ र आकार कति ठूलो छ भन्ने आधारमा पनि लक्षणहरु फरक हुन्छन् ।
पहिचान तथा उपचार
पिसाब जाँच, भिडियो एक्सरे र सिटिस्क्यानबाट मिर्गौलामा पत्थरी भएको निर्क्योल गरिन्छ । त्यसपछि उपचार प्रक्रिया अघि बढाइन्छ । पत्थरीको प्रकार, आकार, स्थान र संरचनाअनुसार मिर्गौलाको पत्थरीको उपचार गर्ने थुप्रै तरिका छन् ।
६-७ मिलिमिटरभन्दा सानो ढुंगा भएमा औषधि खाएपछि पिसाबसँगै आफैं बाहिर निस्कन्छ । त्यसबेला शल्यक्रियाको आवश्यकता पर्दैन । तर एक सेन्टिमिटरभन्दा ठूलो ढुंगा भएमा वा अवरोध र दुखाइको कारणले शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । मिर्गौलाको पत्थरीको शल्यक्रियाको लागत उपचारको प्रकारमा निर्भर गर्छ ।
त्यस्तै, अहिले आधुनिक प्रविधिबाट बिना चिरफार दूबीन तथा लेजर प्रविधिबाट पनि पत्थरीलाई निकालिन्छ । उपचार नै नगराई अरुको सल्लाहमा जथाभावी ढुंगा गलाउने भन्दै औषधि खाने गरिन्छ, जुन गलत अभ्यास हो । कुनै पनि औषधिले पत्थरीलाई गलाउन सक्दैन मात्र ढुंगालाई झार्न सक्छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend