Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५५ दिनपछि खुल्यो संस्कृत विश्वविद्यालयमा लागेको ताला


    शुक्रबार, साउन २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुलेको छ । गत असार ३ गते स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाएको ताला आज खुलेको हो ।

    विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका संयोजक आयुर्वेद अध्ययन संस्थानका डीन प्रा। डा।चन्द्रप्रसाद भुसालको अध्यक्षतामा भएको वार्ताले विश्वविद्यालयको अधिकृत स्तरको सुरुवाती तलवको ५० प्रतिशत बराबरको इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमति पछि ताला खोलिएको बताइएको छ ।

    स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले इन्टर्नसिप भत्ता बृद्धिको माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार