Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदको अवरोधबारे राष्ट्रपतिको चासो


    बिहिबार, साउन २५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको अवरोधबारे चासो व्यक्त गरेका छन् । आज शीतल निवास आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनले संसदको अवरोध र सहमतिका लागि भइरहेको प्रयासबारे चासो व्यक्त गरेका हुन् ।

    उनले भोलि शुक्रबार सभामुखलाई समेत भेट्ने तय भएको छ । सुन तस्करीबारे उच्चस्तरीय छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

    भेटमा राष्ट्रपति पौडेलले संघीय शिक्षा ऐनबारे समेत चासो राखेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार