Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सङ्खुवासभामा बाढीले बगाउँदा एक जनाको मृत्यु, १७ जना मजदुर बेपत्ता


    आइतबार, असार ३ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सङ्खुवासभाको हेँवा खोलामा गएराती आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव फेला परेको प्रहरीले बताएको छ । मृत्यु हुनेको सनाखत हुन बाँकी छ ।

    बाढीले चैनपुर नगरपालिका ४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा पुर्णरुपले क्षति पुगेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार सोही परियोजनामा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य भईरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार