काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारी सरुवामा पारदर्शीता कायम गरेको चर्का भाषण गरिरहेका छन् । तर उनले सामान्य प्रशासन मन्त्रालयमा १३ बर्षदेखि कार्यरत उपसचिवहरुको सरुवा गर्न नसकेको बिषयमा भने बोल्न सकेका छैनन् । सामान्य प्रशासन मन्त्रालयमा २ बर्षभन्दा बढी समयदेखि कार्यरत २३ जना उपसचिव छन् ।
निजामती सेवा नियमावलीमा २ बर्षमा सरुवा हुने ब्यवस्था छ । सामान्यका २ बर्षभन्दा बढी समयदेखि कार्यरत शाखा अधिकृत र उपसचिवहरुलाई चलाउन नसकेका मन्त्री मोदीले सरुवामा पारदर्शीताको कुरा गर्नुलाई आफ्नो आङको …नदेख्ने अरुको… भन्ने उखान चरितार्थ गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मात्र होइन, प्रधानमन्त्री कार्यालय अन्तर्गतका राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका कर्मचारीसमेत मन्त्री मोदीले एकजना पनि सरुवा गरेका छैनन् । मन्त्री मोदीले २ बर्षभन्दा बढी अवधि काम गरेका राजस्व र सम्पत्ति शुद्धिकरणका कर्मचारी सरुवा गर्छु भने पनि ब्यवहारमा २ बर्ष अवधि पुगेका एक जना पनि चलाउन सकेका छैनन् । राजस्व र सम्पत्तिमा दसौं बर्षदेखि कार्यरत कर्मचारी छन् ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग गठन भएदेखिका नायब सुब्बा प्रकाशचन्द्र सापकोटा त्यहीँबाट अवकाश भएका छन् । उनको ४ पटक सामान्यबाट सरुवा भए पनि मन्त्रीदेखि सचिवलाई नजराना बुझाएर बदर गराउँदै अवकाश हुन्जेलसम्म ढलीमली गरिरहे । उनले सम्पत्ति शुद्धिकरण विभागका हरेक महानिर्देशकलाई फनफनी घुमाउँदै जे चााह्यो त्यही गराउँदै उजुरीमा मोलमोलाई गरी कमाए । सम्पत्तिका करोडौंपति सुब्बाको रुपमा उनलाई चिन्ने गरिएको छ ।
सम्पत्तिमा पनि सापकोटा जस्ता कर्मचारी छन्, राजस्वमा पनि छन् । राजस्वमा केही उपसचिव बर्षौदेखि कार्र्यरत छन् । उनीहरुलाई निजामती सेवा ऐन नियम लाग्दैन । यस्तो बेथितिपूर्ण अवस्था हुँदा पनि मन्त्री मोदी भने मिडियामा कर्मचारी सरुवामा पारदर्शीताको भ्रम छर्न गर्न तल्लीन छन् ।
मन्त्री मोदीले सम्पत्ति र राजस्वका रैथाने कर्मचारीलाई सरुवा गर्ने होइन, दररेट बुझेर थमौती गर्ने विगतकै परम्परालाई निरन्तरता दिएका छन् । राजस्व र सम्पत्तिका कर्मचारीहरुको सरुवा नगर्ने गरी विगतकै जस्तो ठेक्का यो पटक मोदीले पनि लिएको आरोप छ ।
सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री कार्यालय अन्तर्गत निकायगत ठेक्काका आधारमा कर्मचारी सरुवा नगरेको सामान्य प्रशासनले यो पटक पनि एकजना पनि चलाएन । दुवै विभागमा यो पटक पनि मन्त्री मोदीले सरुवा नगरेकाले निकायगत ठेक्का यो पटक पनि लागू भएको चर्चा ब्यापक छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend