पाल्पा। पाल्पामा लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको हो ।
मृतक महिलामा साताअघि नै डेंगु संक्रमण पुष्टी भए पनि घरमै आराम गर्दै आएकी थिइन् । ब्यथाले च्यापेपछि आइतबार मिसन अस्पतालमा उपचार गर्न आएकी हुन् । पाल्पामा डेंगीबाट ७० जना संक्रमित भइसकेका छन् ।
निजी स्वास्थ्य संस्था समेतमा किट रहेको र परीक्षण गर्दा डेंगी भेटिएको हुनसक्ने स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । तानसेनका युनाइटेड मिसन, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज लगातयमा रगत परीक्षण गराउँदा ४५ जनामा डेंगी पोजिटिभ देखिएको डा. गिरीले बताए ।
तर प्राथमिक स्वास्थ्य केन्द्र रिब्दीकोट खस्यौली, तानसेन नगर क्षेत्रका विभिन्न निजी मेडिकल समेतको तथ्यांक हेर्दा मृत्युको संख्या बढी हुनसक्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार वर्षायाममा बढी फैलिने यो रोग बढी सक्रिय देखिएको छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend