Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डेंगीबाट पाल्पामा एक महिलाको मृत्यु


    सोमबार, साउन २२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पाल्पा। पाल्पामा लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको हो ।

    मृतक महिलामा साताअघि नै डेंगु संक्रमण पुष्टी भए पनि घरमै आराम गर्दै आएकी थिइन् । ब्यथाले च्यापेपछि आइतबार मिसन अस्पतालमा उपचार गर्न आएकी हुन् । पाल्पामा डेंगीबाट ७० जना संक्रमित भइसकेका छन् ।

    निजी स्वास्थ्य संस्था समेतमा किट रहेको र परीक्षण गर्दा डेंगी भेटिएको हुनसक्ने स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । तानसेनका युनाइटेड मिसन, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज लगातयमा रगत परीक्षण गराउँदा ४५ जनामा डेंगी पोजिटिभ देखिएको डा. गिरीले बताए ।

    तर प्राथमिक स्वास्थ्य केन्द्र रिब्दीकोट खस्यौली, तानसेन नगर क्षेत्रका विभिन्न निजी मेडिकल समेतको तथ्यांक हेर्दा मृत्युको संख्या बढी हुनसक्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार वर्षायाममा बढी फैलिने यो रोग बढी सक्रिय देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार