Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पार्टीमा कसैले पनि प्रचण्डको विकल्प खोजेका छैनौं : उपमहासचिव पुन


    शनिबार, साउन २० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीमा कसैले पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नखोजेको बताएका छन् । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।

    ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु’ पार्टीमा विचारको नभई विधिको समस्या रहेको भन्दै उनले भने, ‘तर उत्तराधिकारी तयार पार्ने विधिको विकास गरेर जाऔं ।’ उनले पार्टी संगठनमा तीन एकको (पाका, प्रौढ र युवा) नीति लागू गर्नुपर्ने उनको प्रस्ताव छ ।

    उनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको भन्दै जस्तोसुकै अप्ठ्यारो परिस्थिति आएपनि बीचैमा नरोकिने र रोक्न नहुने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार