Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनको मनकामना अस्पतालमा ३ महिने गर्भवतीको उपचारको क्रममा मृत्यु भएपछि…


    शनिबार, साउन २० २०८०
    3.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन। चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवी महिलाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएको हो । उनको मृत्युपछि उक्त अस्पतालमा तनाव उत्पन्न भएको छ ।

    रक्तश्राव भएर अस्पताल आएकी नविनाको उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन् । उनको शुक्रबार दिउँसो अपरेशन गरिएको अस्पतालले जनाएको छ ।

    महतोका देवर सन्तोष चौधरीले सामान्य रक्तश्रावमा पनि अस्पतालले हेलचेक्र्याइँ गरेको कारण ज्यानै गएको बताए ।

    अस्पतालले शव बुझ्ने कागजमा जबरजस्ती हस्ताक्षर गराउन खोजेको पीडित परिवारको आरोप छ ।

    मृतकका आफन्तले अस्पतालको गेटमा चाबी लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार