Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गैरकानुनी नियुक्ति खारेजीको माग गर्दै प्रदर्शन


    शुक्रबार, साउन १९ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। गैरकानुनी नियुक्ति खारेजिको माग गर्दै दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि बिरोध प्रदर्शन गरिएको छ। सचेत नागरिक दाङले शुक्रबार प्रतिष्ठानका शिक्षाध्यक्ष डा. वसन्त लामिछाने, रजिस्ट्रार प्रकाश थापा, डेपुटी रजिस्ट्रार झन्कार लामिछाने र प्रशासन म्यानेजर राजेन्द्रप्रसाद न्यौपानेको नियुक्ति गैरकानुनी भएको भन्दै प्रतिष्ठान अगाडि बिरोध प्रदर्शन गरेको हो ।

    उनीहरुले गौरकानुनी रुपमा गरिएको नियुक्ति खारेजीको माग गरे । यसअघि राष्ट्रिय सतर्कता केन्द्रले प्रतिष्ठानमा पदाधिकारी नियुक्ति नै गैरकानुनी भएको ठहर गरेको थियो । उनीहरुले प्रतिष्ठानमा अनियमितता भएको भन्दै त्यसको विरुद्धमा पनि बिरोध प्रदर्शने गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार