Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजबाट माओवादीको केन्द्रीय समिति बैठक बस्दै


    बुधबार, साउन १७ २०८०
    1.8K
    Shares
    ????????????????????????????????????
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आजबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । केन्द्रिय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान ११ बजेबाट सुरु हुने भएको हो ।

    पाँच दिनसम्म जारी हुने बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिहान ८ बजे स्थायी कमिटी बैठक बस्दैछ ।

    यसअघि पदाधिकारी बैठकमा पटक पटक छलफल, सुझाव र सल्लाहसहितको प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको थियो । सो प्रतिवेदनलाई प्रचण्डले अन्तिम रूप दिएपछि स्थायी कमिटी बैठकले अनुमोदन गर्न लागिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार