काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठूल्ठूला मूर्ति चोर र वंश मास्ने ‘भाइमारा’ को आरोप लगाएका छन् । शुक्रबार माओवादी केन्द्र मेलम्ची नगरपालिकाको तेस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् ।
उनले भने- ‘धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मुर्खता पहिला पनि भइसकेको छ । अर्को मुर्खता गरे भने नेपाली जनता, नेपालका राजनीतिक दल उदार हुँदैनन् । त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरु त उनको परिवारभित्र थिए नि । सबैले बुझेका छन् नेपाली जनताले । त्यसको प्लानर को हुन् भन्ने नेपाली जनताले बुझेका छन् ।’
उनले अहिलेको परिस्थिति खतरनाक भइनै सक्यो भन्ने चाही नरहेको तर दुस्साहस भने भएको टिप्पणी गरेका छन् । प्रचण्डले उक्त दुस्साहसलाई माओवादीले ‘इटको जवाफ पत्थरले दिने’ चेतावनी समेत दिए । प्रचण्डले देशको ठूला–ठूला मूर्ति चोर र वंश नास गर्ने ‘भाइमारा’ नेपाली जनताले विर्सिए भन्ने भ्रममा नपर्न ज्ञानेन्द्रलाई सुझाव दिए ।
उनले भने- ‘यो जुन नौटङ्कीहरु देखाइँदै छ । राजा, महाराजाको बारेमा । २५० वर्षसम्म राजा, महाराजाले यो देशलाई कहाँ पुर्याए ? नेपाली जनताले बिर्सिएको छ ? मुर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मुर्ति चोरहरु अहिले राजा ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले विर्सियो भन्ठानेको ?’
प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला दरबार हत्यकाण्डको फेरि एकचोटी छानविन हुनुपर्छ भनेको भन्दै आफूले ५ वर्ष शासन गर्न नपाउँदा त्यो काम अधुरै रहेको बताए । उनले भने, ‘मैले पहिलाचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटी छानविन गर्नुपर्ने छ भनेको थिएँ । मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए फेरि एकचोटी छानविन गरेर भाइ मारा र राजद्रोही यिनीहरुलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend