Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशीका सभामुख गौतमले दिने भए राजीनामा


    मंगलबार, साउन १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने भएका छन्।

    मुख्यमन्त्रीमा दाबी गर्न गठबन्धनलाई बहुमत पुर्‍याउन सभामुखले आज मंगलबार राजीनामा दिने भएका स्रोतले जनायो। सभामुख गौतमले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

    प्रदेश प्रमुख खापुङले दलहरूलाई मुख्यमन्त्री दाबी गर्न दिएको समय मंगलबार अपराह्न ५ बजे सकिँदैछ। त्यसअघि नै बहुमतसहित मुख्यमन्त्री दाबी गर्न जाने नेताहरूले बताएका छन्।

    ‘आजै सभामुखको राजीनामा आउँछ,’ नेकपा माओवादी कोशी संसदीय दलका नेता ईन्द्र आङ्बोले भने, ‘आजै मुख्यमन्त्रीको दाबी गर्नेछौं।’

    कांग्रेस संसदीय दल नेता उद्धव थापाले नै गठबन्धनभित्र मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार