Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पदबाट राजीनामा नदिने कोशी सभामुख गौतमको अडान


    सोमबार, साउन १५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको विषयलाई लिएर रस्साकस्सी चलिरहेका बेला सभामुख बाबुराम गौतमले पदबाट राजीनामा नदिने अडान लिएका छन् । कोशीका सभामुख गौतमले नयाँ बन्ने सरकारले विश्वासको मत पाउने निश्चित नभएसम्म पदबाट राजीनामा नदिने अडान लिएका स्रोतले जनायो।

    बालुवाटारमा हिजो सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग भएको बैठकमा उनले राजीनामा नदिने अडान सुनाएका हुन्।

    सत्ता गठबन्धनले माओवादीबाट निर्वाचित गौतमलाई सभामुखबाट राजीनामा गर्न लगाएर सरकार गठनका लागि बहुमत पुर्‍याउने निर्णय लिएको छ ।

    उनले यसअघि सभामुखकै हैसियतमा सरकार गठनका लागि हस्ताक्षर गरेका थिए, जसलाई अदालतले खारेज गरिदिएको थियो । सत्ता गठबन्धनलाई एक मत अपुग रहेका बेला गौतम निर्णायक बनेका हुन् ।

    हिजो बालुवाटारमा भएको बैठकमा सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरू सहभागी थिए । बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समस्याको निकास दिन गौतमले राजीनामा गर्नुपर्ने सुझाव प्रस्तुत गरे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने केही पनि भनेनन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले के गर्ने त बाबुराम जी ? भनेर सोधेका थिए ।

    प्रधानमन्त्रीले सोधेपछि गौतमले आफ्नो राजीनामाले मात्रै कोशी प्रदेशमा स्थायी सरकार बन्न सक्ने अवस्था नरहेको प्रष्ट्याए ।

    बैठकमा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मेरो राजीनामाले मात्रै कोशीमा स्थायी सरकार गठन हुँदैन । म राजीनामा दिने अवस्थामा छैन ।’

    उनले यसो भनिरहँदा कोशीका कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री उद्धव थापा र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो समेत सँगै थिए । बैठकमा थापाले पनि गौतमलाई केही नभनेको श्रोतले जनाएको छ ।

    सभामुख गौतमले उद्धव थापालाई मुख्यमन्त्री बनाउन आफूले गरेको हस्ताक्षरका विषयमा अदालतले समेत त्रुटि भएको भनेर औँल्याएकाले सरकार गठनमा आफू सहभागी हुन नसक्ने बताएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार