विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको विषयलाई लिएर रस्साकस्सी चलिरहेका बेला सभामुख बाबुराम गौतमले पदबाट राजीनामा नदिने अडान लिएका छन् । कोशीका सभामुख गौतमले नयाँ बन्ने सरकारले विश्वासको मत पाउने निश्चित नभएसम्म पदबाट राजीनामा नदिने अडान लिएका स्रोतले जनायो।
बालुवाटारमा हिजो सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग भएको बैठकमा उनले राजीनामा नदिने अडान सुनाएका हुन्।
सत्ता गठबन्धनले माओवादीबाट निर्वाचित गौतमलाई सभामुखबाट राजीनामा गर्न लगाएर सरकार गठनका लागि बहुमत पुर्याउने निर्णय लिएको छ ।
उनले यसअघि सभामुखकै हैसियतमा सरकार गठनका लागि हस्ताक्षर गरेका थिए, जसलाई अदालतले खारेज गरिदिएको थियो । सत्ता गठबन्धनलाई एक मत अपुग रहेका बेला गौतम निर्णायक बनेका हुन् ।
हिजो बालुवाटारमा भएको बैठकमा सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरू सहभागी थिए । बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समस्याको निकास दिन गौतमले राजीनामा गर्नुपर्ने सुझाव प्रस्तुत गरे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने केही पनि भनेनन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले के गर्ने त बाबुराम जी ? भनेर सोधेका थिए ।
प्रधानमन्त्रीले सोधेपछि गौतमले आफ्नो राजीनामाले मात्रै कोशी प्रदेशमा स्थायी सरकार बन्न सक्ने अवस्था नरहेको प्रष्ट्याए ।
बैठकमा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मेरो राजीनामाले मात्रै कोशीमा स्थायी सरकार गठन हुँदैन । म राजीनामा दिने अवस्थामा छैन ।’
उनले यसो भनिरहँदा कोशीका कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री उद्धव थापा र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो समेत सँगै थिए । बैठकमा थापाले पनि गौतमलाई केही नभनेको श्रोतले जनाएको छ ।
सभामुख गौतमले उद्धव थापालाई मुख्यमन्त्री बनाउन आफूले गरेको हस्ताक्षरका विषयमा अदालतले समेत त्रुटि भएको भनेर औँल्याएकाले सरकार गठनमा आफू सहभागी हुन नसक्ने बताएका थिए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend