Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कोशी प्रदेशमा कसको नेतृत्वमा बन्ला सरकार ?


    आइतबार, साउन १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। सभामुख सहितको हस्ताक्षरमा बनेको सरकारलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि कोशी प्रदेशमा नयाँ सरकार गठनको दौडधुप सुरु भएसंगै कोशीमा कसको नेतृत्वमा सरकार बन्ला भन्ने एकदमै चासोको विषय बनेको छ।

    यस्तै कोशीमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाबीच सरकारमा आलोपालो नेतृत्व गर्ने समझदारी बन्न लागेको स्रोतले बताएको छ । आउँदै गरेको साउन १६ गतेभित्र सरकार बनाउन आह्वान भएअनुसार नै प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

    आज (आइतबार) बिहानमात्रै प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता गठबन्धनका शीर्ष तीन नेताहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा र माधवकुमार नेपाल छलफलमा जुटेका थिए । सो छलफलमा कोशी प्रदेशमा सरकार गठनबारे गहन छलफल भएको बताईएको छ ।

    प्रधानमन्त्री दाहालले भने कोशीमा सरकार गठनको लागि राप्रपाको साथ लिन सकिने र राप्रपालाई पनि सरकारको नेतृत्व दिने प्रस्ताव गरेको बुझिएको छ ।

    सो प्रस्तावमा पहिलो चरणमा सरकारको नेतृत्व कांग्रेसले गर्ने, दोस्रो चरणमा माओवादी र तेस्रो चरणमा राप्रपाले गर्ने रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार