काठमाडौँ। नास्पाती नेपालमा पाइने एक किसिमको मौसमी फल हो। यो एक समशितोष्ण पतझड फलफूल पनि हो । यसका खेती चिसो आद्र कम भएको ठाउँहरुमा बढी फस्टाउछ गुणस्तरीय फल उत्पादन हुन्छ ।
मनसुनमा विभिन्न खालका रोग र सङ्क्रमणको खतरा बढ्ने गर्छ । त्यसैले यो मौसममा तपाईंले आफ्नो खानपिनको विशेष ख्याल राख्नुपर्छ । वर्षाको मौसममा स्वस्थ रहनका लागि तपाईं हामीले फलफूल खानुपर्छ । नास्पाती खानमा स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि फाइदाजनक पनि छ । यसमा भिटामिन सी, भिटामिन के, फाइबर, कपर, पोटासियम, म्याग्नेसियम, म्यागनिज र फोलेटजस्ता विभिन्न पोषक तत्त्व पाइन्छ । मनसुनमा नास्पाती खाँदा विभिन्न खालका मौसमी रोगबाट बच्न सकिन्छ । यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ त्यसैले तौल घटाउनमा पनि सहयोग गर्छ । एक भारतीय सञ्चार माध्यमसँग डाइट्रीफिटकी पोषणविद् अबरना म्याथुवननले मनसुनमा नास्पाती खानुका फाइदाबारे जानकारी दिएकी छिन् ।
शरीरलाई विभिन्न रोगबाट टाढा राख्नका लागि प्रतिरोधी क्षमता बलियो हुनुपर्छ । वर्षाको मौसममा नास्पाती खाँदा शरीरमा प्रतिरोधी क्षमता बलियो हुन्छ । वास्तवमा, यसमा भिटामिन सी र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा हुन्छ जसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । नियमित रूपमा यसको सेवन गर्दा विभिन्न खालका सङ्क्रमण र रोगबाट बच्न सकिन्छ ।
शरीरमा सुजनबाट राहत
वर्षाको मौसममा शरीर सुन्निने र दुख्ने समस्या हुनसक्छ । यस्तोमा नास्पाती खानु तपाईंका लागि लाभदायी हुनसक्छ । वास्तवमा यसमा एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लेमेटरी गुण हुन्छ जसले शरीर सुन्निनबाट जोगाउँछ । यदि तपाईं मनसुनमा जोर्नी दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने खानामा नास्पाती समावेश गर्न सक्नुहुन्छ ।
पाचन क्रिया बलियो बनाउँछ
मनसुनको समयमा पेटका सङ्क्रमणको जोखिम धेरै बढ्ने गर्छ । पेटको समस्याबाट बच्नका लागि तपाईं नास्पातीलाई आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ । यसमा भएका गुणले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ । नास्पातीमा फाइबर हुन्छ जसले दिसा गर्ने प्रक्रियालाई सहज बनाउन मद्दत गर्छ । यसको नियमित सेवनले अपच र कब्जियतको समस्या हट्न सक्छ ।
तौल घटाउनका लागि सहयोगी
नास्पातीको सेवन तौल घटाउनका लागि लाभकारी हुनसक्छ । यसमा फाइबर भरपुरमा मात्रामा हुन्छ जसका कारण छिटो भोक लाग्दैन । त्यसैले तपाईं बढी खानबाट जोगिनुहुन्छ । यसमा क्यालोरीको मात्रा पनि निकै कम हुन्छ, त्यसैले यो खाँदा तौल पनि नियन्त्रणमा रहन्छ ।
मुटुको स्वास्थ्यका लागि फाइदाजनक
नास्पाती मुटुको स्वास्थ्यका लागि पनि निकै राम्रो हुन्छ । यसले शरीरमा ब्याड कोलेस्ट्रोलको स्तरलाई कम गर्न र गुड कोलेस्ट्रोलको स्तरलाई बढाउन मद्दत गर्छ । यसमा पोटासियम हुन्छ जसले रक्तचापलाई नियन्त्रण गर्न पनि सहयोग गर्छ । यसको नियमित सेवनले मुटुरोगको जोखिम कम गर्न मद्दत मिल्न सक्छ ।
नास्पाती कहिले खाने ?
नास्पाती स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तपाईं दिनको जुनसुकै समय पनि यो खान सक्नुहुन्छ । यद्यपि, बिहान खाली पेटमा नास्पाती खाँदा स्वास्थ्यलाई अधिक फाइदा मिल्छ । तर यदि तपाईं कुनै रोगसँग जुधिरहनुभएको छ भने विशेषज्ञको सल्लाह लिएपछि मात्रै यसको सेवन गर्नुहोस् ।
यस्तै यसले कस्तो तापक्रम रुचाउछ ?
नास्पाती खेती २२–२६० से. तापक्रम भएको ठाउँमा सबभन्दा राम्रो हुन्छ तर यस भन्दा बढी वा घटि भएका स्थानहरुमा पनि उत्पादन भने हुन्छ । नास्पातीले तुसारो सहन गर्न सक्दैन ।
3)समुद्र सतहबाट कति उचाईसम्मको जमीनमा यसको खेती गर्न सकिन्छ ?
नास्पातीका थुपै्र जातहरु पाइन्छन् । कुनै जातहरु अलिक होचो स्थानमा रुचाउछन् भने कुनै अग्लो ठाउमा फस्टाउदछन् । फरपिङ्ग नास्पाती १०००–१७०० मीटरसम्म ब्यवसायिक खेती गर्न सकिन्छ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend