काठमाडौँ । मुलुकका विभिन्न ठूला भन्सार नाकाहरुमा महिनौदेखि ४ हजारभन्दा बढी सवारीसाधन रोकिएका छन् । भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले विभिन्न कम्पनीका सवारीसाधन ल्याउने व्यवसायीहरुले भन्सारसम्म गाडी ल्याएर पनि जाँचपास नगरेको जानकारी दिए ।
उनका अनुसार जाँचपास नभएर भन्सार नाकाहरुमा रोकिएका सवारीसाधनको संख्या ४ हजार ३० छ। रोकिएका सवारीसाधन जाँचपास गराएको भए सरकारलाई झण्डै ७ अर्ब राजस्व आउने थियो।
यो वर्ष भन्सार राजस्व कम हुनुमा यी सवारीसाधन जाँचपास नहुनु पनि एउटा कारण रहेको उनले बताए । निर्देशक खड्काका अनुसार वीरगञ्ज, भैरहवा, रसुवागढी र चोभार भन्सारमा गरी यो संख्यामा सवारीसाधन रोकिएका हुन् ।
वीरगञ्जमा २ हजार २ सय, भैरहवामा १ हजार ५ सय, रसुवागढीमा ३ सय र चोभारमा करिव ३० वटा गाडी रोकिएका छन्। बैंकहरुले गाडी खरिदमा दिने गरेको अटो लोनमा कडाइ गर्दा व्यवसायीले भन्सारमा गाडी रोकेको हुन सक्ने खड्काले बताए। केही व्यवसायीहरुले आगामी मौद्रिक नीति कुरेर बसेको बताउने गरेको पनि उनले सुनाए
सवारीसाधन बिक्री गर्ने व्यवसायीहरुका अनुसार बजारमा माग कम भएकाले गाडीको भन्सार जाँचपास नगरिएको हो। माग कम हुनुमा धेरै कारण भए पनि चालु मौद्रिक नीतिको व्यवस्था सबैभन्दा ठूलो रहेको उनीहरुको भनाइ छ। अहिले राष्ट्र बैंकले गाडी खरिद गर्ने उपभोक्ताले कुल मूल्यको अनिवार्य रुपमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नपर्ने व्यवस्था गरेको छ। यो समाचार कारोबार दैनिकमा छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend