Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रकाश सपूतको ‘दमाई महाराज’ युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा


    शनिबार, साउन ६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। चर्चित गायक प्रकाश सपूतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक भएको चौबीस घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा अर्थात् पहिलो नम्बरमा आइपुगेको छ । हिजो साँझ सार्वजनिक भएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।

    चौबीस घण्टा नपुग्दै गीत युट्युबमा ११ लाखभन्दा धेरैले हेरिसकेका छन् ।

    स्वर, शब्द र संगीत सपूतकै रहेको गीतमा महिला भोकलमा शान्तिश्री परियारले साथ दिएकी छन् ।

    भजन शैलीमा ल्याइएको गीत जातीय विभेदविरुद्ध रहेको छ । गीतमा धार्मिक अध्ययन र भक्तिबाट पारंगत भएर फर्किएको दलित समुदायलाई प्रस्तुत गरिएको छ ।

    गीतले मन भुलाउन सहयोग गर्ने विश्वास लिएको सपूतले सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले भनेका छन्, “यो गीतले हाम्रो मन भुलाउन सहयोग र विश्वास गर्नेछ । भिडियोले हाम्रो विभेदकारी अन्धविश्वासलाई चिर्न सहयोग गर्नेछ ।”

    उनले गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन् । भिडियो निर्देशन पनि उनी स्वयंले गरेका छन् । भिडियोको कन्सेप्ट डिजाइन पनि सपूतकै रहेको छ ।

    कोरियोग्राफी गजित विष्टले गरेको भिडियोमा अभिनय सपूत स्वयंका साथ अञ्जली अधिकारीको छ ।

    सपूतले विसं. २०८० सालमा जातीय विभेदविरुद्धका सिर्जना ल्याउने बताएका छन् । यसको सुरुआत उनले ‘दमाई महाराज’बाट गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार