काठमाडौं। चर्चित गायक प्रकाश सपूतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक भएको चौबीस घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा अर्थात् पहिलो नम्बरमा आइपुगेको छ । हिजो साँझ सार्वजनिक भएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।
चौबीस घण्टा नपुग्दै गीत युट्युबमा ११ लाखभन्दा धेरैले हेरिसकेका छन् ।
स्वर, शब्द र संगीत सपूतकै रहेको गीतमा महिला भोकलमा शान्तिश्री परियारले साथ दिएकी छन् ।
भजन शैलीमा ल्याइएको गीत जातीय विभेदविरुद्ध रहेको छ । गीतमा धार्मिक अध्ययन र भक्तिबाट पारंगत भएर फर्किएको दलित समुदायलाई प्रस्तुत गरिएको छ ।
गीतले मन भुलाउन सहयोग गर्ने विश्वास लिएको सपूतले सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले भनेका छन्, “यो गीतले हाम्रो मन भुलाउन सहयोग र विश्वास गर्नेछ । भिडियोले हाम्रो विभेदकारी अन्धविश्वासलाई चिर्न सहयोग गर्नेछ ।”
उनले गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन् । भिडियो निर्देशन पनि उनी स्वयंले गरेका छन् । भिडियोको कन्सेप्ट डिजाइन पनि सपूतकै रहेको छ ।
कोरियोग्राफी गजित विष्टले गरेको भिडियोमा अभिनय सपूत स्वयंका साथ अञ्जली अधिकारीको छ ।
सपूतले विसं. २०८० सालमा जातीय विभेदविरुद्धका सिर्जना ल्याउने बताएका छन् । यसको सुरुआत उनले ‘दमाई महाराज’बाट गरेका छन् ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend