Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मिटरब्याज पीडितले मागे गृहमन्त्रीको राजीनामा


    मंगलबार, साउन २ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मिटरब्याज पीडितको एक समूहले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।मिटरव्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिले आज नयाँ बानेश्वरमा प्रदर्शन गर्दै गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।

    सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधनसमेत गरिसकेको छ । तर, संघर्ष समितिले उक्त कानुनले पनि मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन गरेको हो ।

    समितिका प्रवक्ता नीर्ग नवीनले मिटरब्याजसम्बन्धी संसदले पारित गरेको कानुनका केही विषय पीडितको पक्षमा नभएको र यसमा गृहमन्त्रीको भूमिका रहेकाले राजीनामा माग गरेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार