काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलको लागि मिटरब्याज पीडितहरु बालुवाटार पुगेका छन् । आज प्रधानमन्त्रीले छलफलको लागि बोलाएपछि पीडितहरू हिँडेरै बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री निवास प्रवेश गर्दा पनि उनीहरूले मिटरब्याजी पीडितलाई न्याय देऊ भन्दै नाराबाजी गरेका थिए ।आन्दोलनरत पीडितसँग सरकारले वार्ता समिति गठन गरेर वार्ता पनि गरिरहेको छ ।
पीडितले १० बुँदे माग राखेका छन् । ती मागबारे बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने निर्णय गरेका थिए । मिटरब्याज पीडितहरु केही दिनदेखि काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन् ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend