Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सारुक आत्महत्या प्रकरणमा ह्यासट्याग मायाको निर्माता र निर्देशकसँग प्रहरीको सोधपुछ


    मंगलबार, साउन २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका अभिनेता शारुक ताम्राकारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान कार्य जारी राखेको छ । ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट कुरिरहेको प्रहरीले सारुकका निकटस्थहरूसँग सोधपुछ गर्न थालेको छ ।

    प्रहरीले चलचित्र ‘ह्यासट्याग माया’को निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग सोधपुछ गरेको छ । निर्माता र निर्देशकसँग सोधपुछ गरेर ‘कागज’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सिताराम रिजालले बताए ।

    रातोपुलमा रहेको आफ्नो घरमा मृत भेटिएका सारुक चलचित्र ‘ह्यासट्याग माया’ मा अभिनय गरिरहेका थिए । नायिका नम्रता श्रेष्ठ पनि ह्यासट्याग मायामा अभिनय गरिरहेकी छिन् । तर, सुटिङ आधा पनि नसकिँदै ताम्राकारले आत्महत्या गरे ।

    सारुकको मोबाइल परीक्षण रिपोर्ट आउन कम्तीमा दुई साता लाग्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार