Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशी प्रदेश सरकार भंग गर्न एमालेको माग


    शनिबार, असार ३० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक रुपमा गठन भएको भन्दै तत्काल भंग गर्न माग गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले विभिन्न ६ प्रस्ताव पारित गर्दै सो माग गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

    ‘वर्तमान सत्ता गठबन्धन संविधानको उल्लंघन गर्ने, संवैधानिक संस्थाहरूमा हस्तक्षेप गर्ने, तिनीहरूलाई विवादित र निष्प्रभावी बनाउने तथा लोकतन्त्रलाई जगैदेखि खलबल्याउने काममा उद्यत छ । कोशी प्रदेशमा सत्ता गठबन्धनबाट गरिएको संविधानविरोधी क्रियाकलाप यस शृङ्खलाको पछिल्लो कडीका रूपमा रहेको छ’, एमाले सचिवालय बैठकले पारित गरेको पहिलो प्रस्तावमा उल्लेख छ ।

    बैठकले सत्ता गठबन्धन संविधानको उल्लंघन, संवैधानिक संस्थाहरुमा हस्तक्षेप गर्दै लोकतन्त्रलाई जगैदेखि खलबल्याउने काममा उद्दत रहेको निष्कर्ष निकालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार