काठमाडौं । स्थानीय तहले प्राविधिक सेवामा करारका कर्मचारी भर्ना गरी प्रशासनिक सेवामा काम लगाउने गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहमा प्राविधिक कर्मचारी मात्र करार सेवामा राख्न पाउने व्यवस्था गरे पनि कतिपय स्थानीय तहले प्राविधिक सेवामा कर्मचारी करारमा भर्ना गरी काम भने प्रशासनमा लगाउने गरेका हुन्।
स्थानीय तहमा कर्मचारी अभाव भएकाले प्राविधिक सेवाका कर्मचारी भर्ना गरी काम प्रशासन सेवामा लगाउने गरिएको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले जनाएका छन्। अधिकांश स्थानीय तहका कार्यालयमा प्रमुखको जिम्मेवारी तथा नियमित सेवा प्रवाहमा करारका कर्मचारी रहने गरेका छन्। कतिपय स्थानीय तहको महत्वपूर्ण शाखा मानिने प्राविधिक, योजना, सूचना तथा प्रविधि, कृषि शाखा, आर्थिक प्रशासन, वडा कार्यालय, स्वास्थ्य, सामाजिक विकासलगायतका शाखामा करारका कर्मचारीले सेवा प्रवाह गर्ने गरेका छन्।
प्रदेश लोक सेवा आयोगले समयमा स्थानीय तहमा कर्मचारी पूर्ति नगरेकाले स्थानीय तहले नियमित सेवा प्रवाह गर्न विभिन्न पदमा करारमा कर्मचारी राख्नुपरेको स्थानीय तहका सङ्घ तथा महासङ्घले जनाएका छन्।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले प्रदेश लोक सेवा आयोगलाई पटक पटक कर्मचारी पूर्ति गर्न आग्रह गर्दा पनि आयोगले ढिलाइ गर्दा नियमित सेवा प्रवाहका लागि कतिपय पालिकामा प्राविधिक तहमा नियुक्त गरी प्रशासनिक काममा लगाइएको जानकारी दिए। उनले भने, “कतिपय स्थानीय तहमा कृषि, इन्जिनियर, पशु भेटेरिनरी, स्वास्थ्य सेवाका करारमा कर्मचारी भर्ना गरी कर्मचारीलाई वडासचिव बनाएर सेवा प्रवाह गर्ने गरिएको छ।”
अध्यक्ष पाण्डेले स्थानीय तहलाई प्राविधिक तहमा करारमा कर्मचारी नियुक्त गरेर प्रशासनिक काममा लगाउने रहर नभएर नियमित सेवा प्रवाह गर्न कठिन हुँदा बाध्यताले यस्तो गर्नुपरेको बताए । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका लागि आवश्यक कर्मचारी प्रदेश लोक सेवा आयोगबाट पूर्ति गर्नुपर्ने व्यवस्था गरेको छ। सात वटै प्रदेशमा प्रदेश लोक सेवा आयोग गठन भए पनि विभिन्न कानुनी झन्झटले गर्दा प्रदेश लोक सेवा अयोगले पर्याप्त रूपमा विज्ञापन गरी स्थानीय तहमा कर्मचारी सिफारिस गर्न सकेको छैन। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend