काठमाडौं । १० करोड क्षतिपूर्ति माग दाबी गर्दै अभिनेता भुवन केसीले दायर गरेको गाली बेइज्जती मुद्दामा सफाइ पाएपछि चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो नयाँ अध्याय सुरु भएको बताएकी छन् ।
सामाजिक सञ्जालबाट भावुक हुँदै अनुभव सुनाउँदा मुद्दा अदालतसम्म पुगेको स्मरण गर्दै उनले चलचित्र क्षेत्रमा आफूले भोगेको अनुभव सुनाउँदा समस्या आएको बताएकी छन् । “मैले मेरोचलचित्र यात्राबारे अनुभव साझा गरेको थिएँ, जुन तितो मिठो अनुभव थियो । सायद अरूको पनि यस्तै थियो कि ? तर कसैलाई हानी/चोट दिने मेरो उद्देश्य थिएन,” उनी अगाडि थप्छिन्, “मेरो उद्देश्य सबै युवालाई सन्देश दिनु थियो, तपाईंले आफ्नो सपना हासिल गर्न सक्नुहुन्छ । तर, त्यहाँ रहेका रक्तपिपासुहरूबाट बच्नुपर्छ ।”
आफूले आफ्नो दिमागमा भएको कुरा सार्वजनिक गरेको उनले बताएकी छन् । “त्यसैका लागि म विरुद्ध १० करोडको मुद्दा हालियो । त्यो व्यक्तिले मलाई म शक्तिशाली छु र चलचित्र क्षेत्रमा सबैको समर्थन छ भन्ने देखाउनु थियो । त्यो मलाई धम्क्याउने उसको तरिका पनि थियो,” इन्स्टाग्राममार्फत उनी कसैको नाम नलिई भन्छिन्, “कसैले आफ्नो अनुभव सुनाउन पनि नपाउने यो निकै डरलाग्दो प्रवृत्ति छ । अब केही कुराले मलाई आश्चर्यचकित बनाउँदैन ।”
तीन वर्षभन्दा लामो समय वकिलहरूले आफ्नोतर्फबाट मुद्दा लडेको भन्दै भावुक भएकी साम्राज्ञी रुँदै भन्छिन्, “यो यात्रा सजिलो थिएन । वकिलहरू अशांक मल्ल, दिनेश त्रिपाठी, दृष्टि दाहाल, राष्ट्र तिमिल्सिना र जयलाल भण्डारीले मेरा लागि लड्नुभयो । मैले जितेँ । अब बल्ल श्वास फेर्न पाउँछु । जीवनको नयाँ अध्याय सुरु गर्न पाउँछु । मलाई शुभकामना दिनुहोला ।”
शाहले सामाजिक सञ्जालमार्फत भुवन केसीले आफूलाई दुर्व्यवहार गरेको बताएकी थिइन् । उद्यपि, उनले सुरुमा भुवनको नाम लिएकी थिइनन् । उनले नाम नलिए पनि भुवनले जिल्ला अदालत काठमाडौंमा ०७७ साउन ९ गते गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।
तर भुवनले दायर गरेको उक्त गाली बेइज्जतीको मुद्दामा न्यायाधीश वासुदेव पौडेलको इजलासले भुवनको दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको थियो ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend