काठमाडौं । १० करोड क्षतिपूर्ति माग दाबी गर्दै अभिनेता भुवन केसीले दायर गरेको गाली बेइज्जती मुद्दामा सफाइ पाएपछि चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो नयाँ अध्याय सुरु भएको बताएकी छन् ।
सामाजिक सञ्जालबाट भावुक हुँदै अनुभव सुनाउँदा मुद्दा अदालतसम्म पुगेको स्मरण गर्दै उनले चलचित्र क्षेत्रमा आफूले भोगेको अनुभव सुनाउँदा समस्या आएको बताएकी छन् । “मैले मेरोचलचित्र यात्राबारे अनुभव साझा गरेको थिएँ, जुन तितो मिठो अनुभव थियो । सायद अरूको पनि यस्तै थियो कि ? तर कसैलाई हानी/चोट दिने मेरो उद्देश्य थिएन,” उनी अगाडि थप्छिन्, “मेरो उद्देश्य सबै युवालाई सन्देश दिनु थियो, तपाईंले आफ्नो सपना हासिल गर्न सक्नुहुन्छ । तर, त्यहाँ रहेका रक्तपिपासुहरूबाट बच्नुपर्छ ।”
आफूले आफ्नो दिमागमा भएको कुरा सार्वजनिक गरेको उनले बताएकी छन् । “त्यसैका लागि म विरुद्ध १० करोडको मुद्दा हालियो । त्यो व्यक्तिले मलाई म शक्तिशाली छु र चलचित्र क्षेत्रमा सबैको समर्थन छ भन्ने देखाउनु थियो । त्यो मलाई धम्क्याउने उसको तरिका पनि थियो,” इन्स्टाग्राममार्फत उनी कसैको नाम नलिई भन्छिन्, “कसैले आफ्नो अनुभव सुनाउन पनि नपाउने यो निकै डरलाग्दो प्रवृत्ति छ । अब केही कुराले मलाई आश्चर्यचकित बनाउँदैन ।”
तीन वर्षभन्दा लामो समय वकिलहरूले आफ्नोतर्फबाट मुद्दा लडेको भन्दै भावुक भएकी साम्राज्ञी रुँदै भन्छिन्, “यो यात्रा सजिलो थिएन । वकिलहरू अशांक मल्ल, दिनेश त्रिपाठी, दृष्टि दाहाल, राष्ट्र तिमिल्सिना र जयलाल भण्डारीले मेरा लागि लड्नुभयो । मैले जितेँ । अब बल्ल श्वास फेर्न पाउँछु । जीवनको नयाँ अध्याय सुरु गर्न पाउँछु । मलाई शुभकामना दिनुहोला ।”
शाहले सामाजिक सञ्जालमार्फत भुवन केसीले आफूलाई दुर्व्यवहार गरेको बताएकी थिइन् । उद्यपि, उनले सुरुमा भुवनको नाम लिएकी थिइनन् । उनले नाम नलिए पनि भुवनले जिल्ला अदालत काठमाडौंमा ०७७ साउन ९ गते गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।
तर भुवनले दायर गरेको उक्त गाली बेइज्जतीको मुद्दामा न्यायाधीश वासुदेव पौडेलको इजलासले भुवनको दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको थियो ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend