काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवानलाई यातना दिएको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको छ । डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरिएको हो ।
प्रहरीका अनुसार घटना बाहिरिएलगत्तै बुधबार कार्यालयले टोली गठन गरी छानबिन थालेको हो । जति सक्दो चाँडो छानबिन गरी प्रतिवेदन बुझाउन टोलिलाई निर्देशन दिइएको छ ।
गत सोमबार जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिएको भिडियो बुधबार सार्वजनिक भएको थियो । पीडित प्रहरीका भाइ रजनिश रायले आफ्नो दाइले बढी ड्युटी गराएको विषयमा इन्सपेक्टर हेमन्त राईलाई गुनासो गर्न जाँदा मुखामुख भएपछि पाता कसेर १२ घण्टा यातना दिएको आरोप लगाएका छन् ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend