Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सीता दाहालको निधनमा राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त


    बुधबार, असार २७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन् ।

    राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका छन् ।

    प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माका अनुसार सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको डा. शर्माले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार