काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू पुगेका छन्।
प्रधानमन्त्री परिवारलाई समवेदना दिन बुधबार विभिन्न दलका शीर्ष नेताहरू नर्भिक पुगेका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती नर्भिक पुगेका छन् । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ, सञ्चार मन्त्री रेखा शर्मालगायत पनि अस्पताल पुगेका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि अस्पताल पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याललगायत पनि अस्पताल पुगेका छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ पनि अस्पताल पुगेकी छन्।
सीताको उपचारका क्रममा आज बिहान निधन भएको थियो।
यसैबीच आज निर्धारित कांग्रेस केन्द्रीय कार्य समिति बैठक पनि अन्योलमा परेको छ । बैठक स्थगित गर्नेबारे आफूहरू छलफलमा रहेको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले बताए।




काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend