Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन नर्भिक अस्पताल पुगे शीर्ष नेताहरू


    बुधबार, असार २७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू पुगेका छन्।

    प्रधानमन्त्री परिवारलाई समवेदना दिन बुधबार विभिन्न दलका शीर्ष नेताहरू नर्भिक पुगेका हुन्।

    कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती नर्भिक पुगेका छन् । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ, सञ्चार मन्त्री रेखा शर्मालगायत पनि अस्पताल पुगेका छन्।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि अस्पताल पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याललगायत पनि अस्पताल पुगेका छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ पनि अस्पताल पुगेकी छन्।

    सीताको उपचारका क्रममा आज बिहान निधन भएको थियो।

    यसैबीच आज निर्धारित कांग्रेस केन्द्रीय कार्य समिति बैठक पनि अन्योलमा परेको छ । बैठक स्थगित गर्नेबारे आफूहरू छलफलमा रहेको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार