काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री करिश्मा मानन्धरले आफूलाई अब कमेडी अभिनय गर्न मन भएको बताएकी छन् । करिब ४ दशक अभिनयमा बिताएकी उनले अभिनयमा प्रायः भूमिका निर्वाह गरे पनि कमेडी भने नगर्न नपाएको बताइन् । उनी नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिन्छिन ।
‘चार दशक अभिनय यात्रामा बिताएकी छु । कमेडी बाहेकका प्रायः सबै भूमिका निर्वाह गरिसकेँ’, उनले भनिन्, ‘अहिले भने कमेडी अभिनय गर्ने रहर जागेको छ ।’ केही अगाडि एक विज्ञापनमा कमेडी भूमिका निर्वाह गर्दा पाएको चर्चाले कमेडी गर्ने रहर जागेको उनले सुनाइन् ।
‘विज्ञापनबाट ममा पनि कमेडी गर्न सक्ने क्षमता रहेको बुझेँ, अब कमेडी भूमिका पाए गर्छु,’ करिश्माले थपिन् । हुन त उनी यस अगाडि जितु नेपालको कमेडी सो ‘मुन्द्रे कमेडी क्लब’मा अध्यक्षका रूपमा देखिएकी छन् । शोमा आफ्नो काम थपडी बजाउने र हाँस्ने मात्र भएकाले मज्जा नआएको उनी बताउँछिन् । भनिन्, ‘प्रेमकथा, एक्सनदेखि सामाजिक कथासम्मको फिल्ममा भिजिसकेँ । अब कमेडीको अनुभव लिनु छ ।’
करिश्मा अभिनीत पछिल्लो फिल्म ‘बगान’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । फिल्ममा उनले एकल महिलाको भूमिका निर्वाह गरेकी छन् ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend