Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ मा


    आइतबार, असार २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न परेको रिटमाथिको सुनुवाइ आज पनि हुन सकेन।

    मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेजीको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज आइतबार सुनुवाइ हुन नसकेको हो । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा पेसी तोकिएको उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको स्रोतले जनाएको छ ।

    कोशीका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्च अदालतमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको दाबी गर्दै रिट निवेदन दर्ता गराएका थिए ।

    नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई रिट निवेदनमा विपक्षी बनाएका छन् ।

    कार्कीले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका छन् । त्यसैले मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि उनले परमादेश माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार