Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कोशी प्रदेश सरकार विस्तार, को को बने मन्त्री ?


    आइतबार, असार २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    मुख्यमन्त्री थापाले माओवादीबाट २ जना र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

    माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकुमार खत्री मन्त्री नियुक्त भएका छन् ।

    आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरुको मन्त्रालय भने टुंगिएको छैन । उनीहरूले आजै शपथ ग्रहण गर्नेछन् ।

    बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार