काठमाडौँ। विवादित भारतीय चलचित्र आदिपुरुषका संवाद लेखक मनोज मुन्तसिरले माफी मागेका छन्। उनले हिन्दु धर्मावलम्बीहरूलाई चोट पुगेको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका हुन्।
सामाजिक सञ्जालमा आज बिहान उनले लेखेका छन्, ‘म आदिपुरुष फिल्मबाट जनभावनालाई पर्न गएको चोट स्वीकार गर्छु, मेरा सम्पूर्ण दाजुभाइ दिदीबहिनी,आदरणीय ऋषिमुनि तथा श्रीरामका भक्तजन सबैसँग हात जोडेर निःशर्त माफी माग्छु।’
फिल्म आदिपुरुष प्रदर्शनमा आएलगत्तै यसमा राखिएका दृश्य तथा संवादलाई लिएर नेपाल तथा भारतभर चर्को विरोध भएको थियो। फिल्ममा समावेश धेरैजसो दृश्यले रामायणको उपेक्षा गरेको त्यसका पात्रहरूलाई गलत ढंगले अर्थ्याइएको थियो।
नेपालकी छोरी सीतालाई भारतमा जन्मिएको भन्ने संवाद राखिएको भन्दै काठमाडौँलगायत देशका केही मेयरले फिल्ममाथि प्रतिबन्ध लगाएका थिए।
तर मुन्तसिरले फिल्मको संवादबारे भने कुनै उल्लेख गरेका छैनन्। रामायणको उपहास गरिएको प्रसंगमा मात्रै उनले माफी मागेका छन्।

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend