काठमाडौँ। विवादित भारतीय चलचित्र आदिपुरुषका संवाद लेखक मनोज मुन्तसिरले माफी मागेका छन्। उनले हिन्दु धर्मावलम्बीहरूलाई चोट पुगेको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका हुन्।
सामाजिक सञ्जालमा आज बिहान उनले लेखेका छन्, ‘म आदिपुरुष फिल्मबाट जनभावनालाई पर्न गएको चोट स्वीकार गर्छु, मेरा सम्पूर्ण दाजुभाइ दिदीबहिनी,आदरणीय ऋषिमुनि तथा श्रीरामका भक्तजन सबैसँग हात जोडेर निःशर्त माफी माग्छु।’
फिल्म आदिपुरुष प्रदर्शनमा आएलगत्तै यसमा राखिएका दृश्य तथा संवादलाई लिएर नेपाल तथा भारतभर चर्को विरोध भएको थियो। फिल्ममा समावेश धेरैजसो दृश्यले रामायणको उपेक्षा गरेको त्यसका पात्रहरूलाई गलत ढंगले अर्थ्याइएको थियो।
नेपालकी छोरी सीतालाई भारतमा जन्मिएको भन्ने संवाद राखिएको भन्दै काठमाडौँलगायत देशका केही मेयरले फिल्ममाथि प्रतिबन्ध लगाएका थिए।
तर मुन्तसिरले फिल्मको संवादबारे भने कुनै उल्लेख गरेका छैनन्। रामायणको उपहास गरिएको प्रसंगमा मात्रै उनले माफी मागेका छन्।

काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend