काठमाडौँ। श्री एयरलाइन्सले प्राविधिक परीक्षणका लागि भन्दै आइतबार सबै उडान स्थगित गरेको थियो।
उक्त प्राविधिक चेकजाँच पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका तीनवटा जहाजलाई नियमित उडान गर्न अनुमति दिएको छ।
प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले प्राविधिक निरीक्षणपछि सोमबार बिहान श्री एयरलाइन्सका दुइटा बमबार्डियर ड्यास क्यू–४०० र एउटा बमबार्डियर सिआरजे गरी तीन वटा जहाज उडानयोग्य रहेको जनाउँदै उडान अनुमति दिएको हो।
यससँगै श्रीका तीनवटै जहाजले विभिन्न गन्तव्यमा उडान गरिहरेको एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले बताए।
‘प्राविधिक चेकजाँच पछि तीनवटा जहाज बिहानैबाट उडान गरिरहेका छन्’ उनले भने, ‘एउटा जहाज निरीक्षणका लागि ग्राउन्डेड नै छ। सम्भवतः भोलिबाट नियमित उडान गर्नेछ।’
गत शनिबार काठमाडौंबाट ३:३० बजे उडेको जहाजमा प्राविधिक समस्या देखिएका कारण धनगढीमा अवतरण हुन नसकेपछि डेढ घण्टामा पुनः काठमाडौं नै फर्किएको थियो।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend