Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोटरसाइकल दुर्घटनामा स्वास्थ्यकर्मीको मृत्यु


    शुक्रबार, असार १५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। दाङमा मोटरसाइकल दुर्घटना एक जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । शान्तिनगर गाउँपालिका–७ खैरेनीका ३३ वर्षीय ताराप्रसाद बिकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

    बुधवार राति राजपुर गाउँपालिका–५ जंग्रहवा चोकमा नाली निर्माणका लागि राखिएको बालुवामा चिप्लिएर निमित्त प्रमुख विक सवार रा ६ प ८९२४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    निमित्त प्रमुख विक हाल राजपुर स्वास्थ्य चौकीमा कार्यरत थिए । स्वास्थ्य चौकीमा प्रमुख नभएपछि उनले निमित्त प्रमुखको जिम्मेवार पाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार