काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटार नजिक विङ्गर गाडी दुर्घटना भएको छ। उक्त गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
काठमाडौंबाट सिन्धुली जाँदै गरेको मधेश प्रदेश ०२–००१ ज ००४२ नम्बरको गाडी आज बिहान १० बजेर ४० मिनेट जाँदा आफैं अनियन्त्रित भइ नालीमा खसेको थियो ।
सो गाडीमा सवार १० जना मध्ये सात जना घाइते भएका र उनीहरु सबैको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका–१ की १८ वर्षीया शोभा घिमिरे, कमलामाई नगरपालिका–२ की १९ वर्षीया सन्ध्या घिमिरे, सिन्धुलीको गोलन्जर गाउँपालिका–४ का ६५ वर्षीय तेजबहादुर बस्याल, गोलन्जर–१ का २१ वर्षीय रामधोज पाख्रिन, मोरङको विराटनगर महानगरपालिका–१२ का ३२ वर्षीय सत्य प्रकाश ठाकुर, महोत्तरीको गौशाला नगरपालिका–४ का ६१ वर्षीय पर्शुराम ठाकुर र काठमाडौंका ३८ वर्षीय महेश डंगोल छन् ।
घाइतेहरुमध्ये शोभा र सन्ध्या घिमिरेको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको सिन्धुली प्रहरीले जनाएको छ ।
यसैबीच सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ धराफाँट बस्ने २० वर्षीया देवी कुमारी योञ्जनको करेन्ट लागेर मृत्यु भएको छ । पानी तान्ने मोटरको स्वीच अन गर्ने क्रममा उनलाई असार १३ गते करेन्ट लागेकोमा उपचारको क्रममा असार १५ गते बिहान १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend