Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डेंगीका कारण धरानमा २ जनाको मृत्यु


    बिहिबार, असार १४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी संक्रमणका कारण दुईजनाको ज्यान गएको छ । धरान–१७ का दुई महिलाको मृत्यु भएको उपमहानगरका वरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिए ।

    संक्रमितमध्ये एकजनाको १२ दिनअघि र एकजनाको बुधबार (हिजो) मृत्यु भएको उनले बताए।

    उपमहानगरका २० मध्ये अधिकांश वडामा डेंगी फैलिएको र संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको यादवले बताए । यो वर्ष धरानमा जेठ पहिलो सातादेखि फैलिएको डेंगी अहिले भयावह बनेको हो ।

    “हामीले खोज र नष्ट गर अभियान पनि चलाइरहेका छौँ । तर, अधिकांश संक्रमित घरमै रहने, उपचारमा नपुग्ने भएकाले संक्रमण फैलिँदै गएको छ,” उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार