काठमाडौँ । चलचित्र ‘परस्त्री’ को हिन्दी भर्सन नेपालमा रिलिज नहुने भएको छ । निर्देशक सुरज पाण्डेले हिन्दी संस्करण भारतमा मात्र प्रदर्शन हुने जानकारी दिए ।
नेपाली र हिन्दी गरेर दुई भाषामा निर्माण भएको फिल्म केही अगाडि भारतमा हिन्दी र नेपालमा हिन्दी, नेपाली दुबै रिलिज हुने बताइएको भए पनि अहिले आएर निर्माण युनिटले नेपालमा हिन्दी रिलिज नहुने जानकारी दिएको हो ।
फिल्मको हिन्दी रिलिजका लागि मुम्बईमा रहेका निर्देशक पाण्डेले फेसबुकमा लेखेका छन्, ‘हामीले निर्माण गरेको नेपाली र हिन्दी भाषाको चलचित्र ‘परस्त्री’ यही असार १५ गतेदेखि नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने कुरा हाम्रा दर्शकहरुलाई जानकारी गराउन चाहन्छु । साथै हिन्दी भाषामा रहेको ‘परस्त्री’को संस्करण भारतमा मात्रै प्रदर्शन हुनेछ भने नेपाली भाषामा रहेको ‘परस्त्री’ नेपालमा प्रदर्शन हुनेछ ।’
फिल्ममा शिल्पा मास्के, गौरव विष्ट, कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय छ ।
शर्मिला पाण्डे र दीपेन्द्र के खनाल निर्माता रहेको फिल्मलाई निरज कँडेलले खिचेका हुन् ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend